१७ पुस २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका पूर्व प्रधानमन्त्री सिंहको अन्त्येष्टि, स्मारकबारे चर्को विवाद

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ शनिवार दिल्ली स्थित निगम बोध घाटमा अन्त्येष्टि गरिएको छ । सिंहको अन्त्येष्टिमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभाका प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धीलगायतका उच्च पदस्थ व्यक्ति निगम बोध घाट पुगेका थिए । 

यता सिंहको अन्त्येष्टिसँगै सरकारले उनको सम्मानका लागि स्मारकको ठाउँ नदिएको भन्दै भारतमा विवाद सिर्जना भएको छ । कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खर्गेले प्रधानमन्त्री मोदीलाई पत्र नै लेखेका छन् । 

कांग्रेसका महासचिव जयराम रमेशले सरकारले सिंहको अन्तिम संस्कार र स्मारकका लागि एक निश्चित जमिन नपाएको आरोप लगाएका छन् । 

राजस्थानका पूर्व मुख्यमन्त्री अशोक गहलोतले एक्समा चर्को भाषामा सरकारविरुद्ध आवाज उठाएका छन् । 

‘एनडिए सरकारले डा. मनमोहन सिंह जस्तो महान् व्यक्तित्वको अन्तिम संस्कार एवं स्मारक बनाउन अनावश्यक विवाद पैदा गरेको छ,’ गहलोतले लेखेका छन्, ‘जो व्यक्तिलाई दुनियाँ सम्मान दिइरहेको छ, उनको अन्तिम संस्कारमा भारत सरकार कुनै विशेष स्थान दिनेको सट्टा निगम बोध घाटमा गराइरहेको छ ।’ 

कांग्रेस नेताबाहेक अन्य विपक्षी दलका नेताले पनि सरकारको विरोध गरिरहेका छन् । 

उता गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर ‘मन्त्रिपरिषद्को बैठकबाट तुरुन्त स्मारकका लागि जमिन दिने’ जनाएको छ । 

‘मन्त्रिपरिषद् बैठकपछि तुरुन्त गृहमन्त्री अमित शाहले कांग्रेस अध्यक्ष र पूर्व प्रधानमन्त्रीको परिवारलाई बताइसकेका छन् कि सरकार स्मारकको लागि ठाउँ दिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो दौरानमा उहाँको अन्तिम संस्कार र अन्य प्रक्रिया पूरा गर्न सकिन्छ । किनकि स्मारकको लागि एक ट्रस्टको निर्माण र जमिनको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’ 

प्रकाशित: १३ पुस २०८१ १७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App