८ पुस २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्रामाडोमा विमान दुर्घटना हुँदा एकै परिवारका दश जनाको मृत्यु

दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा एक निजी विमान दुर्घटना हुँदा एकै परिवारका दश जनाको मृत्यु भएको छ। पाइलट व्यापारी लुइज क्लाउडियो ग्यालेज्जी, श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यसहित विमान आइतबार दुर्घटना भएको हो।

बीबीसीका अनुसार विमान भवनको चिम्नीमा ठोक्किएर घर र पसलमा खसेको थियो। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय ग्यालेज्जी आफ्नो परिवारलाई साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा लैजाँदै थिए। रियो ग्रान्डे डो सुल राज्यका गभर्नर एडुआर्डो लेइटले पत्रकार सम्मेलनमा भने, ‘दुर्घटनामा मारिएका सबै दश जना ग्यालेज्जीको परिवारका सदस्य थिए।’ उनले प्रतिकूल मौसममा विमान उडेका कारण दुर्घटनाको सिकार भएको भनेका छन्।

आइतबार बिहान टेक अफ गरेको केही मिनेटपछि विमान शहरको सहरी क्षेत्रमा खस्नुअघि तीन किलोमिटर उडेको बताइएको छ। ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक सहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय आगमन हुन्छ। एजेन्सी

प्रकाशित: ८ पुस २०८१ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App