४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजाका ९३ प्रतिशत बैंक शाखाहरू ध्वस्त : विश्व बैंक

फाइल तस्बिर

गाजा पट्टीमा इजरायली युद्धले १५ महिनाको निरन्तर द्वन्द्वपछि यस क्षेत्रमा सञ्चालित बैंकहरूको करिब ९३ प्रतिशत शाखाहरू नष्ट गरेको विश्व बैंकले जनाएको छ।

जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैंकले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ।

विश्व बैंक र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको लगातार तथ्याङ्क अनुसार गाजा स्ट्रिपमा ९४ वटा एटीएम मध्ये तीन मात्र हाल सञ्चालनमा रहेका प्रतिवेदनमा भनिएको छ।

गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधि लगायतका आधारभूत वस्तुहरू र सेवाहरू तिर्न सङ्घर्ष गरिरहेका छन्। बैकिङ प्रणालीमा अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः सुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने क्षमतामा बाधा पुर्‍याइरहेको छ। रासस/एएनआई

प्रकाशित: ४ पुस २०८१ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App