फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। म्याक्रोनले आफ्ना विश्वासपात्र ७३ वर्षीय फ्रान्कोइस बेरोउलाई फ्रान्सको नयाँ प्रधानमन्त्री बनाएका हुन्।
यो वर्ष फ्रान्समा प्रधानमन्त्री हुने उनी चौथो नेता हुन्। गत हप्ता मात्र फ्रान्सेली संसदमा अविश्वासको प्रस्ताव ल्याएपछि दक्षिणपन्थी प्रधानमन्त्री मिशेल बार्नियरले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो। त्यसयता मुलुकमा राजनीतिक संकट उत्पन्न भएको थियो।
म्याक्रोन हाल केन्द्रवादी मोडेम पार्टी प्रमुख हुन्। बेरोउ यसअघि फ्रान्सको शिक्षामन्त्री र दक्षिणपश्चिमी सहर पाउको मेयर पनि भइसकेका छन्। फ्रान्समा विभाजित संसदका कारण कुनै पनि दलले पूर्ण बहुमत पाउन सकेका छैनन्।
प्रकाशित: २८ मंसिर २०८१ १८:५८ शुक्रबार