२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ – ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनले आग्रह गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले पन्डुबी बनाउन सक्ने प्रविधि बेच्नका लागि अमेरिकी उत्पादकका लागि आवश्यक पर्ने मार्केटिङ लाइसेन्सलाई अमेरिकी प्रशासनले स्वीकृति दिएपछि चीनले सोमबार ताइवानलाई हतियार बेच्ने अमेरिकी कदमको विरोध गर्ने चीनले बताएको छ।

अमेरिकी विदेश मन्त्रलायले स्वघोषित रूपमा शासन सञ्चालन गरिरहेको ताइवानलाई आफ्नै पन्डुबी बनाउनसक्ने प्रविधि बेच्न सहमति जनाएको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ताइवानको केन्द्रीय समाचार एजेन्सीले शनिबारले जनाएको थियो। ताइवानलाई हतियार बेच्ने दिनेबारे अमेरिकाले लिएको कदमबारे पत्रकारले गरेको प्रश्नको प्रतिक्रिया दिँदै चीनको रक्षा मन्त्रालयले अमेरिकालाई हतियारको कुनै पनि प्रकारको हतियार बेच्न रोक्नुका साथै ताइवानसँगको सबै प्रकारको सैन्य सम्बन्ध रोक्न माग गरेको छ।

‘हाम्रो देशलाई विखण्डन गराउनेबारे सबै प्रकारको प्रयासलाई निस्तेज पार्ने सामथ्र्य चिनियाँ सेनासँग रहेको छ र देशको राष्ट्रिय स्वाधिनता, सुरक्षा र भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक पर्ने सबै कदम चालिने छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वु कियानलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। उनले यस विषयमा थप भनाइ भने नराखेको बताइएको छ।

चीनका लागि ताइवान एक अति नै संवेदनशील मुद्दा हो। ताइवान एक चीनअन्तर्गत आफ्नो एउटा महत्वपूर्ण भूभाग भएको बताउने चीनले उक्त क्षेत्रलाई आफ्नो मुल भूमिमा ल्याउनका लागि हालसम्म कुनै पनि शक्ति प्रयोग गरेको छैन। ताइवानलाई चीनको एउटा जिद्दी प्रान्तका रूपमासमेत लिइन्छ। ताइवानी समाचार एजेन्सीले गत साता सार्वजनिक गरेको समाचारप्रति अमेरिकी विदेश मन्त्रालयले भने जानकारी दिन अस्वीकार गरेको रोयटर्सले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७४ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App