२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कमला ह्यारिसले हार स्वीकार्दै भनिन्-‘शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्छौ’

तस्बिर : बीबीसी

अमेरिकी राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन्।वासिङगटन डीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताएकी हुन्।आफ्नो भाषणमा ह्यारिसले डेमोर्क्याटका प्रमुख मुद्दा जस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन्।

उनले भनिन्, मलाई थाहा छ धेरै मानिसहरूलाई लाग्न सक्छ कि हामी अँध्यारो समयमा प्रवेश गर्दैछौं तर, मलाई आशा छ त्यस्तो हुन पाउने छैन।

उनले आफूले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको बताइन् । शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको पनि उनले उल्लेख गरिन्।

ह्यारिसले शान्तिपूर्ण शक्ति हस्तान्तरणू गर्ने वाचा गरेपछि ट्रम्पले ह्वाइट हाउस फर्कनका लागि आफ्नो टोली चयनको काम सुरु गरेका छन्। 

प्रकाशित: २२ कार्तिक २०८१ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App