१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले जितको घोषणा गर्दै भने: ४५ औँ र ४७ औँ राष्ट्रपतिका लागि धन्यवाद

अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले जितेको घोषणा गरेका छन् । बुधवार फ्लोरिडामा समर्थकले भरिएको एक हलमा सभाको आयोजना गरेर उनले आफू ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरे । 

‘४७ औँ र ४५ औँ राष्ट्रपति निर्वाचित गरेर दिएको असाधारण सम्मानका लागि अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु,’ ट्रम्पले भने ।  आफ्नी पत्नी मेलानिया ट्रम्पसहित विजयी सम्बोधन गर्न मञ्चमा उभिएका ट्रम्पले पत्नी मेलानियालाई ‘फर्स्ट लेडी’ भनेर बधाई समेत दिए । 

यस्तै ट्रम्पले आफ्नो जित अमेरिकी जनताका लागि सानदार जित रहेको बताउँदै देशको उन्नतीमा ‘स्वर्ण युग’ बनाउने घोषणा गरे । 

ट्रम्पले जितको खुसीयाली मनाउन थालेपनि मतगणना अझै पनि जारी छ । ट्रम्पले जितिसकेको आँकडा भने आइसकेको छैन । २६७ इलेक्टोरल कलेज भोट जितेका ट्रम्प जितबाट केवल ३ भोट पछाडि छन् । प्रतिस्पर्धी कमला ह्यारिस भने २२४ इलेक्टोरल भोटसहित पछ्याइरहेकी छन् । 

प्रकाशित: २१ कार्तिक २०८१ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App