६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेन्सिलभेनियामा ट्रम्पको जित, अन्तिम नतिजा अगावै खुसीयाली सुरु

अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण मानिने पेन्सिलभेनियामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित निकालेका छन् । १९ इलेक्टोरल कलेज भोट रहेको यो राज्य सबैभन्दा ठुलो ‘स्विङ स्टेट’ हो । 

यहाँ ट्रम्पले ५१ प्रतिशत मत प्राप्त गर्दै जित निकाल्दा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४८ मत प्राप्त गरेको द न्यु योर्क टाइम्सले जनाएको छ । यद्यपि यो नतिजा आधिकारिक घोषणा भने भएको छैन । 

यो जित सँगै ट्रम्पको पक्षमा २६७ इलेक्टोरल कलेज भोट प्राप्त भएको छ । उनलाई राष्ट्रपति पदमा जित सुनिश्चित गर्न थप तीन इलेक्टोरल कलेज भोट चाहिन्छ । अर्की उम्मेदवार ह्यारिसको पक्षमा २१४ इलेक्टोरल कलेज भोट मात्रै प्राप्त भएको छ । 

पेन्सिलभेनियाको जित सुनिश्चित भएसँगै ट्रम्पले अन्तिम नतिजा आउनु अगावै जितको खुसीयाली मनाउन थालिसकेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । ट्रम्पले चुनावी नतिजालाई आफूले ‘ठुलो प्रेमको अनुभूति भएको’ प्रतिक्रिया दिएका छन् । अमेरिकी जनताले शक्तिशाली सन्देश दिएको उनको थप प्रतिक्रिया रहेको सञ्चारमाध्यमले लेखेका छन् । 

प्रकाशित: २१ कार्तिक २०८१ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App