४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यान्मारमा आँधीसँगैको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २ सय नाघ्यो

म्यान्मारमा ‘यागी’ आँधीसँगैको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २ सय नाघेको छ। 

बीबीसीका अनुसार आँधी र बाढीका कारण म्यान्मारको जनजीवन निकै प्रभावित बनेको छ।

म्यान्मारको सैन्य सरकारले हालसम्म बाढी र आँधीका कारण २ सयभन्दा बढीको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन्।

‘यागी’ यो वर्ष एशियासँग जुधेको सबैभन्दा शक्तिशाली आँधी हो।

सेप्टेम्बर महिनाको सुरुआतमा आएको आँधीका कारण हालसम्म भियतनाम, लाओस, थाईल्यान्ड र म्यान्मारमा गरी ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

म्यान्मारमा यागीका कारण बाढी र भूक्षयजस्ता विपद निम्तिएको छ भने कैयन गाउँ डुबानमा परेका छन्। साथै म्यान्मारमा गरिएको अन्नबाली खेती पनि पूर्ण रुपले नष्ट भएका छन्।

आँधीसँगको बाढी पछि उत्पन्न भयावह स्थितिले म्यान्मारमा खाद्यान्न, खानेपानीको अभाव हुने भएकाले त्यसतर्फ ध्यान दिन संयुक्त राष्ट्र सङ््घले आग्रह गरेको छ।

प्रकाशित: २ आश्विन २०८१ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App