१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा टिआरसी विधेयकको स्वागतः नेपालका लागि अर्थपूर्ण क्षण

संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले खुशी व्यक्त गरेका छन्।

बुधबार प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै एक्स (ट्विटर) मा अभिव्यक्ति सार्वजनिक गर्दै राजदूत थम्पसनले विधेयक पारित भएकामा नेपाली जनतालाई बधाई समेत दिएका छन्।

‘सङ्क्रमणकालीन न्याय विधेयक आज प्रतिनिधिसभाबाट पारित भएकोमा खुसी लागेको छ,’ राजदूत थम्पसनले लेखेका छन्,‘बधाई छ नेपाली जनतालाई।’

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक नेपालको आफ्नै शान्त, समृद्ध, लचिलो र लोकतान्त्रिक भविष्य निर्माण गर्ने यात्रा रहेको अमेरिकी राजदूत थम्पसनको टिप्पणी छ। ‘यो नेपालको आफ्नै शान्त, समृद्ध, लचिलो र लोकतान्त्रिक भविष्य निर्माण गर्ने यात्राको अर्थपूर्ण क्षण हो,’ थम्पसनले थप लेखेका छन्।

प्रकाशित: ३० श्रावण २०८१ १८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App