coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई देशनिकाला

मस्को– रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ। 

‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो। पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको समाचारमा जनाइएको छ। 

शुरूमा अमेरिकाले दुई बेलायती नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाएर ६० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने बताएको थियो। 

त्यसैको जवाफस्वरुप यसअघि रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको हो। अमेरिकाले त्यहाँको सियाटलस्थित रूसी महावाणिज्यदूतावास बन्द गराएर कूटनीतिज्ञलाई देश छोड्न भनेको हो। 

त्यसको लगत्तै शुक्रबार फेरी अरु देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेपछि अन्य देशहरुसँग रुसको कूटनीतिक सम्बन्धमा थप दरार उत्पन्न हुने देखिएको छ। 

रुसका पूर्वकूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उनकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै अमेरिकासहितका केही देशले रुसका कूटनीतिज्ञलाई देश निकाला गरिदिएका थिए। 

रूसका पूर्वकूटनीतिज्ञलाई हत्या गर्ने षड्यन्त्र अनुसार उहाँ बेलायतमा रहेको बेला रूसमा बन्ने नोभिचोक नामक विषादीलाई नसाबाट दिइएको युरोपेली मुलुक तथा अमेरिकाको आरोप छ। स्क्रिपाल तथा उनकी छोरीमाथिको आक्रमणबाट निम्तिएको समस्या र यस विषयमा ईयूका अधिकांश सदस्यसहित अमेरिकाले लिएको कदमपछि नेटोले पनि आफ्नोतर्फबाट थप निर्णयहरूको घोषणा गर्ने नेटोद्वारा जारी संक्षिप्त विज्ञप्तिमा जनाइएको छ। 

यसै विषयमा विश्वका करिब २४ राष्ट्रले एक सय भन्दा बढी रूसी कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेका छन्। यो दोस्रो विश्वयुद्धपछि युरोप तथा अमेरिकासहितका मुलुकले रूसविरुद्ध लिएको पहिलो कडा प्रतिक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। 

रुसी विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिका अनुसार अष्ट्रेलिया, अल्बानिया, जर्मनी, डेनमार्क, इजरायल, स्पेन, इटली, क्यानडा, लाट्वीया, लिथुआनीया, मसेडोनीया, मोल्दोवाका रुसस्थित कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरिएको हो। 

त्यसैगरी नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, युक्रेन, फिनल्याण्ड, फ्रान्स, क्रोएसिया, चेक गणतन्त्र, स्विडेन र स्टोनिया पनि विदेशी कूटनीतिज्ञलाई देश निकाला गर्ने रुसको निर्णयको शिकार भएका छन्। 

प्रकाशित: १७ चैत्र २०७४ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App