२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या एक सय नाघ्यो

बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ।

समाचार संस्था रोयटर्सका अनुसार सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध मङ्गलवारदेखि सुरु भएको आन्दोलनमा हालसम्म ११४ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन्।

आन्दोलनले हिंसात्मक रुप लिँदै गएपछि अहिले बङ्गलादेशमा कर्फ्यू जारी गरिएको छ भने इन्टरनेट लगायतका सेवा ठप्प बनाइएको छ।

कर्फ्यूका बीच शनिवार भएको हिंस्रक झडपमा परी १० जनाको मृत्यु भएको भने ९१ ज्ना घाइते भएका छन्।

बङ्गलादेशमा सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेकाहरूको छोराछोरीलाई आरक्षण दिइएको छ। तर, आलोचकहरूले आरक्षणको उक्त व्यवस्था बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीनालाई समर्थन गर्ने समूहका छोरोछारीलाई दिने गरेको आरोप लगाएका छन्।

बङ्गलादेशमा पछिल्लो केही दिनदेखि सरकारी जागिरमा आरक्षणको उक्त व्यवस्थालाई अन्त्य गर्नुपर्ने भन्दै विरोध प्रदर्शन हुँदै आएको छ।

सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रताको लडाई पछि पाकिस्तानसँग छुट्टिएको थियो।

यसअघि पनि विरोध हुँदा सन् २०१८ मा अदालतले सरकारको उक्त व्यवस्थामा रोक लगाएको थियो। तर, गत महिना मात्रै एक अदालतले फेरि आरक्षणको व्यवस्थालाई लागू गरिदिएको छ।

प्रकाशित: ६ श्रावण २०८१ ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App