१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हज यात्राको क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय १ पुग्यो

साउदी अरब सरकारले हज यात्राको क्रममा १ हजार ३ सय १ जनाको मृत्यु भएको बताएको छ।

साउदी अरब प्रशासनका अनुसार अत्यधिक गर्मी र अवैध यात्राका कारण ठूलो सङ्ख्यामा मानिसहरूको मृत्यु भएको हो।

बीबीसीका अनुसार यसवर्ष हज यात्राको क्रममा साउदी अरबमा उच्च तापक्रम मापन गरिएको साउदी प्रशासनले बताएको छ। साउदी प्रशासनका अनुसार यस वर्ष हजा यात्राको क्रममा साउदी अरबको तापक्रम ५२ डिग्री सेल्सियस पुगेको हो।

साउदी अरब प्रशासनका अनुसार मृत्यु हुनेमा केही वृद्धवृद्धा र केही बिरामी रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हज यात्राको क्रममा करिब ५ लाख हज यात्रीले स्वास्थ्य उपचार गराएका छन्। जसमा १ लखा ४० हजार हजयात्री बिना अनुमति हजायात्रा गरिरहेको भेटिएको पनि साउदी सरकारले बताएको छ।

हज यात्राको क्रममा मृत्यु हुनेमा सबैभन्दा धेरै इजिप्टका नागरिक रहेका छन्।

प्रकाशित: १० असार २०८१ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App