१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलावीका उपराष्ट्रपति सवार विमान सम्पर्कबिहीन

मलावीका उपराष्ट्रपति साउलोस चिलिमा सवार विमान सम्पर्कबिहीन बनेको छ।

बीबीसीका अनुसार उपराष्ट्रपति साउलोस सवार विमानसँगको सम्पर्क विच्छे भएको र उनी सवार विमानको लोकेशन समेत पत्ता लाग्न नसकिरहेको मलावीको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

राष्ट्रपति कार्यालयको तर्फबाट जारी बयानमा मलावी डिफेन्स फोर्सको विमान उडान भरेको केहीबेरमै रडारबाट बाहिर गएको थियो।

विमानले सोमवार बिहान मलावीको राजधानी लिलोग्वेबाट म्जुजुका लागि उडान भरेको थियो। जसमा उपराष्ट्रपति सहित अन्य ९ जना पनि सवार थिए।

प्रकाशित: २९ जेष्ठ २०८१ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App