इजराइलले दक्षिणी लेबनानमा सक्रिय हिजबुल्लाहका आधाभन्दा बढी कमान्डरलाई मारेको दावी गरेको छ।
इजराइलका रक्षा मन्त्री योआव ग्यालेन्टले हिजबुल्लाहका बाँकी कमान्डर लुकेर बसिरहेको र उनीहरूमाथि पनि चाँडै आक्रमण गर्ने बताए।
बीबीसीका अनुसार इजराइली सेनाले बुधवार दक्षिणी लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित ४० स्थानमा आक्रमण गरेको दावी गरेका छन्।
मङ्गलवार इजराइली हवाई आक्रमणमा २ जना लेबनानी नागरिकको मृत्यु भएपछि हिजबुल्लाहले इजराइलमाथि रकेटले आक्रमण गरेको थियो। जसको जवाफी कारबाही इजराइलले गरेको बताइएको छ।
गत अक्टुबलमा गाजा र इजराइलबीच युद्ध सुरु भएदेखि नै हिजबुल्लाह र इजराइली सेनाबीच झडप हुँदै आएको छ।
प्रकाशित: १३ वैशाख २०८१ ०७:२६ बिहीबार