७ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासका शीर्ष नेता हानियाका ३ छोरा इजरायली आक्रमणमा मारिए

हमासको एकजना शीर्ष नेताले इजरायलसँगको युद्धमा आफ्ना तीन सन्तान गुमाएका छन्। हमासका शीर्ष नेता इस्माइल हानियाका ३ जना छोराहरू पछिल्लो आक्रमणमा मारिएका हुन्।

इजरायली सेना आइडीएफले इस्माइलका ३ जना छोरा आमरि, हाजेम र मोहम्मदले गाजामा आतङ्की गतिविधिमा संलग्न रहेको सूचनाको आधारमा गरिएको हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ।

इस्माइलले समाचार संस्था अल जजीरालाई दिएको एक अन्तर्वार्तामा आफ्ना ४ छोरामध्ये ३ जना इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेका छन्। यसअघि उनका नाती जमाल मोहम्मद हानिया र नातिनी रोआ हम्माम इस्माइल हानिया पनि इजरायली आक्रमणमा परी मारिएका थिए।

इस्माइलले इजरायली सेनाले परिवारलाई लक्षित गर्न थालेको बताए। उनले परिवारलाई लक्षित गरेर इजरायली सेनाले आक्रमण गरेर हामीलाई झुकाउन खोजेको भन्दै उनले भ्रममा नपर्न चेतावनी दिए।

प्रकाशित: २९ चैत्र २०८० १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App