१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डेङ्गीविरुद्धको खोप उत्पादन गरेको भारतीय कम्पनीको दावी

फाइल तस्बिर

भारतको एक औषधि उत्पादक कम्पनीले डेङ्गीविरुद्धको खोप उत्पादन गरेको दावी गरेको छ। हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेड (आईआईएल) ले डेङ्गीबाट जोगिन खोप तयार गरेको दावी गरेको छ।

बीबीसीका अनुसार आईआईएलका प्रबन्ध निर्देशक डा. के आनन्द कुमारले खोपको सबै परीक्षण पूरा भएपछि अबको २ वर्षमा अर्थात् सन् २०२६ को मध्यसम्म डेङ्गीविरुद्धको यो खेप लगाउन सकिने बताएका छन्।

डा. कुमारले खोपको पहिलो चरणको परीक्षण पूरा गरेको र दोस्रो तथा तेस्रो चरणको परीक्षण चाँडै सुरु हुने बताए।

आईआईएल डेङ्गीबाहेक जीका भाइरस र क्यासानूर फरेस्ट डिजीज (केएफडी) विरुद्धको खोप विकासमा पनि जुटेको बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष डेङ्गीका झन्डै १० करोड मानिस प्रभावित हुन्छन्। 

प्रकाशित: ६ चैत्र २०८० १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App