आईसीसी पुरुष टी-२० विश्वकपको तयारी स्वरूप आजदेखि वार्मअप खेलहरू सुरु हुँदैछन्। विश्वकपमा सहभागी हुने टोलीहरूले अभ्यास तथा संयोजन मिलाउनका लागि यी खेलहरू खेल्न लागेका हुन्।
सोमबार तीन वटा वार्मअप खेल आयोजना हुँदैछन्। आजको पहिलो वार्मअप खेलमा अफगानिस्तान र स्कटल्यान्ड आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ।
त्यस्तै, भारतको ‘ए’ टोली ले संयुक्त राज्य अमेरिका (युएसए) सँग वार्मअप खेल खेल्नेछ। आजकै अर्को खेलमा क्यानाडा र इटाली पनि प्रतिस्पर्धा गर्दैछन्।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी पुरुष टी-२० विश्वकप आउँदो शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा कुल २० टोली सहभागी हुनेछन्।
प्रकाशित: १९ माघ २०८२ १४:४४ सोमबार





