काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ।
गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कँदा यात्रु अलपत्र परेका छन्। सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौं फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए।
एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए।
उक्त जहाज धनगढीका लागि काठमाडौंबाट ९ः४५ बजे उडेको थियो। धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौं फिर्ता भएको थियो। उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए। रासस
प्रकाशित: ५ फाल्गुन २०८२ ०६:५९ मंगलबार




-600x400.jpg)
