८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नागढुङ्गाबाट १२ लाखको चाँदीसहित किशोर पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट प्रहरीले ठुलो परिमाणमा अवैध चाँदीका दानासहित एक किशोरलाई नियन्त्रणमा लिएको छ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा प्रहरीले करिब १२ लाख १४ हजार ५२० रुपैयाँ बराबरको चाँदी बरामद गरेको हो।

प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले मंगलबार अपराह्न ४ बजे नियमित चेकजाँच गर्ने क्रममा उक्त चाँदी फेला पारेको हो।

पक्राउ पर्नेमा पर्सा फेटा गाउँपालिका-६ बस्ने १७ वर्षीय आशु श्राब रहेका छन्। प्रहरीका अनुसार श्राबले बोकेको कालो रङको झोलाभित्र सेतो प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याएको अवस्थामा २ केजी ९०० ग्राम चाँदीका दाना फेला परेको थियो।

पक्राउ परेका किशोरलाई बरामद चाँदीसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०८२ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App