९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइसल्यान्डमा चौथोपटक ज्वालामुखी विस्फोट

आइसल्यान्डको रेक्जेन्स प्रायद्विपमा फेरि ज्वालामुखी विस्फोट भएको छ। समाचार संस्था रोयटर्सका अनुसार ज्वालामुखीका कारण जमिनमुनी २.९ किलोमिटरको चिरा परेको छ। 

गत डिसेम्बरदेखि हालसम्म चौथोपटक आइसल्यान्डमा ज्वालामुखी विस्फोट भएको हो।

आइसल्यान्डको मौसम विभागका अनुसार ज्वालमुखी विस्फोट पछि सुन्तला रङ्गको धुँवा र आगोका झिल्काहरू हावामा देखिँदैछ।

ज्वालामुखीबाट निस्केका लाभाहरू वरपरका क्षेत्रमा फैलिन थालेपछि सतर्क रहन त्यस क्षेत्रका नागरिकलाई आग्रह गरिएको छ।  

प्रकाशित: ४ चैत्र २०८० १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App