१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा राष्ट्रिय निर्वाचनको मिति घोषणा

भारतमा राष्ट्रिय निर्वाचनको मिति घोषणा गरिएको छ। भारतीय निर्वाचन आयोगले सन् २०२४ मा हुने राष्ट्रिय चुनाव आगामी अप्रिल १९ देखि सुरु हुने घोषणा गरेको हो।

शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले राष्ट्रिय निर्वाचनमा अप्रिल १९ देखि जुन २१ सम्म सात चरणमा मतदान हुने बताए। देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिनेछ र सामान्यतया सोही दिन नतिजा घोषणा गरिने पनि उनले जानकारी दिए।

६ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९७ करोड मतदाता मतदान गर्न योग्य रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार चुनावमा एक करोड ५० लाख मतदान कर्मचारीसहित १० लाखभन्दा बढी मतदान केन्द्र सञ्चालनमा रहनेछ।

आगामी निर्वाचनबाट भारतको नयाँ प्रधानमन्त्री चयन हुनेछन्। आगामी निर्वाचनलाई ध्यानमा राखी मुख्यगरी भारतीय जनता पार्टी र कांग्रेस आई प्रतिस्पर्धामा छन् भने राज्यमा पनि विभिन्न दलसँग समन्वय गरेर दुबै मुख्य दल चुनावी रणनीतिमा जुटेका छन्। रासस

प्रकाशित: ४ चैत्र २०८० ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App