२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त

वासिङटन– अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन्। 

‘विमानमा सात सैनिक थिए, ती सबैको मृत्यु भएको विश्वास गरिएको छ,’ अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने। उनले थपे उनीहरु सवै जना अमेरिकी सेवाका सदस्यहरु रहेका थिए। 

इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ। 

प्रकाशित: २ चैत्र २०७४ १५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App