२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अयोध्या जाँदै हुनुहुन्छ? सावधान, ठगको फन्दामा पर्नुहोला नी !

भारतको अयोध्या जाने यात्रुहरू ठगको फेरिमा पर्न थालेका छन्। गत २२ जनवरीमा उद्घाटन भएको अयोध्याको राम मन्दिर जाने श्रद्धालु भक्तजनहरूलाई केही गिरोहले ठगी गर्ने क्रम बढेको हो।

अयोध्या प्रहरीले अयोध्या आउने श्रद्धालु भक्तजनलाई ठगबाट सचेत रहन अपील गरेको छ। प्रहरीका अनुसार पछिल्लो समय अयोध्या आउने श्रद्धालु भक्तजनले होटल र धर्मशाला अनलाइन बुक गर्ने क्रम बढेपछि केही गिरोहले फर्जि अनलाइन बनाएर ठग्ने क्रम बढेको हो।

अयोध्या जानु अघि अनलाइन होटल र धर्मशाला बुक गरेर राम्रो पैसा तिरेकाहरू अयोध्या आइपुग्दा उनीहरूको नाममा कुनै होटल वा धर्मशाला बुक नभएको घटना प्रहरीमा आउने क्रम बढेको छ।

छुट्टा छुट्टै होटल र धर्मशालाको नाममा फर्जि अनलाइन बनाएर श्रद्धालु भक्तजनहरूसँग ठग्ने घटनाले यहाँको छवी धमिलिन थालेको र श्रद्धालु भक्तजनहरू समस्यामा पर्न थालेको भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ।

ग्त २२ जनवरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको उद्घाटन गरेसँगै अयोध्या पुग्ने श्रद्धालु भक्तजनहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। आस्थाको केन्द्रको रुपमा प्रसिद्ध अयोध्यामा ठगीका अन्य घटना हुन नदिन प्रहरीले सचेतना अपनाउन र सतर्क रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App