१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पासपोर्टको वरियता सार्वजनिकः फ्रान्स सबैभन्दा शक्तिशाली, नेपाल १०३ औँ स्थानमा

सन् २०२४ का लागि विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक भएको छ। हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि जारी गरेको पासपोर्टको वरियतामा फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक बनेको छ।

रिपोर्ट अनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ। जसका नागरिक विश्वका १९४ मुलुक भिसा बिनै आवतजावत गर्न सक्ने छन्।

यस्तै रिपोर्टमा फ्रान्ससहित जर्मनी, इटली, जापान, सिङ्गापुर र स्पेन पनि शिर्ष स्थानमा रहेका छन्। यी देशका नागरिक पनि विश्वका १९४ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन्।

यस्तै पासपोर्ट वरियतामा नेपाल १०३ औँ स्थानमा रहेको छ। नेपालका नागरिक विश्वका ४० मुलुक भिसा बिनै आवतजावत गर्न पाउने छन्। सन् २०२३ मा पनि नेपालको वरियता १०३ नै रहेको थियो। नेपालसहित लिबिया र प्यालेस्टाइन पनि १०३ औँ स्थानमा रहेको छ।

सबैभन्दा कमजोर मुलुकमा अफगानिस्तान रहेको छ। अफगानिस्तान १०९ औं स्थानमा रहेको छ। यहाँका नागरिक २८ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन्।

विश्वका कुन मुलुकको पासपोर्ट कस्तो अवस्थामा छ ? सूचीसहितः

प्रकाशित: ७ फाल्गुन २०८० १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App