२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा इच्छा मृत्युलाई स्वीकृति

नयाँदिल्ली – भारतमा इच्छा मृत्युलाई स्वीकृत दिइएको छ। शुक्रबार यहाँको सर्वोच्च अदालतले इच्छा मरणलाई सशर्त मान्यता दिने फैसला सुनाएको हो।

आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

अदालतको फैसलामा स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि पहिले नै आफन्त मार्फत् अनुमति दिन सक्ने उल्लेख छ। 

अचेतन अवस्थामा उपचार गराइरहेका वा उपचार गराउँदा झन बढी विरामी भएकाहरूलाई उपचार नगराउन पाउने व्यवस्था गर्न सकिने अदालतको आशय छ। 

यो फैसलाका लागि पाँच जना न्यायाधीशसहितको इजलाशको नेतृत्व गरेका प्रधान न्यायाधीशले भने, ‘मानिसले जीवनको अन्त्य सम्मानजनक तरिकाले गर्न पाउन सक्छन्।’

अदालतले निर्देशिका बनाएर लागु गर्नुपर्नेमा जोड दिएको छ। साथै कसैले इच्छामृत्यु चाहेमा उसको उपचार विवरण (मेडिकल रिपोर्ट) सहित अदालतमा निवेदन दिनुपर्ने र त्यसलाई अदालतले अनुमति दिनसक्ने आदेशमा उल्लेख छ।

प्रकाशित: २५ फाल्गुन २०७४ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App