२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी

चीनको जनसङ्ख्यामा लगातार दोस्रो वर्ष पनि कमी आएको छ। बुधवार सार्वजनिक एक तथ्याङ्क अनुसार चीनको नयाँ जनसङ्ख्या १४० करोड रहेको छ। जुन गतवर्षको भन्दा २० लाखले कम हो।

बीबीसीका अनुसार चीन सरकारले एक सन्तान नीति हटाए पनि त्यसले कुनै उपलब्धी हुन सकेको छैन। चीनको घट्दो जनसङ्ख्या दरले त्यहाँको अर्थव्यवस्था र भविष्यको विकासलाई लिएर चिन्ता बढाएको छ।

विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको देशको सूचीमा चीन दोस्रो स्थानमा छ। गत वर्ष नै चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बनेको छ। र, अहिले पनि भारत पहिलो स्थानमै रहेको छ। भारतको हालको जनसङ्ख्या १४२ करोड रहेको छ।

चीनमा घट्दो जन्मदर र तीव्र गतिले भइरहेको सहरीकरणले चिन्ता उत्पन्न भएको विज्ञहरूले बताएका छन्।

चीन सरकारले अबलम्बन गरेको एक सन्तान नीति गत वर्षदेखि हटाएको थियो। र, दम्पत्तीलाई बच्चा जन्माउनका लागि अनुदान दिने र अन्य नीति अपनाउने घोषणा गरेको थियो। तर, त्यसले पनि खासै उपलब्धी हुन सकेको छैन।

प्रकाशित: ४ माघ २०८० ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App