१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ताइवानको राष्ट्रपतिमा स्वतन्त्रता पक्षधर नेता विजयी

ताइवानमा शनिवार सम्पन्न आमनिर्वाचनमा सार्वभौमसत्ताको पक्षधर उम्मेदवार विलियम लाई राष्ट्रपति पदमा विजयी भएका छन्।

उनको विजयी प्रति आक्रोश व्यक्त गर्दै बेइजिङले ‘ताइवान चीनको हिस्सा रहेका र चुनावको नतिजा जेजसो भएपनि एकीकरणको प्रक्रिया नरोकिने” अडान व्यक्त गरेको छ।

नवनिर्वाचित लाईले कुल मतको ४० प्रतिशत पाएका छन्। तर उनको दल डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डिपीपी) ले संसदमा बहुमत गुमाएको छ।

बेइजिङले  ताइवानमा आठ वर्ष शासन गरेको लाईको स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) लाई निन्दा गर्दै आएको छ।

तेस्रो कार्यकालका लागि यो पार्टीले चुनाव जितेर नयाँ कीर्तिमान रचेका बनाएको छ। विपक्षी दलहरूले पराजय स्वीकार गरेका छन्। चुनावमा विजयी भएपछि लाईले देश सही बाटोमा अगाडि बढ्ने बताएका छन्। उनले आफ्ना विजयलाई प्रजातन्त्रको विजयी भनेका छन्। 

‘हामीले विदेशी शक्तिहरूलाई हाम्रो चुनावलाई प्रभावित पार्न दिएनौँ। किन भने हामीले हामी आफ्नो राष्ट्रपति आफैँ चुन्नेछौँ भनेर यो निर्णय गरेका हौ,’ उनले भनेका छन्। चीनले मतदान अघि चुनावी प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाएको थियो। नवनिर्वाचित लाईले आफू  चीनसँग द्वन्द्व भन्दा बढी संवाद गर्न चाहेको बताए। यसैगरी उनले शान्ति र स्थिरताका लागि बेइजिङलाई आह्वान पनि गरेका छन्।

चीनको राज्य परिषद् अन्तर्गत रहेको  ताइवान मामिलासम्बन्धी कार्यालयले शनिवार जारी गरेको विज्ञप्तिमा निर्वाचन  नतिजाले ‘ मातृभूमिको एकीकरण रोक्न नसकिने प्रक्रियालाई अवरुद्ध बनाउन नसक्ने’ जनाइएको छ। ताइवानले चीनलाई ‘वास्तविकता स्वीकार गर्न’ र शनिवारको निर्वाचन परिणामप्रति सम्मान व्यक्त गर्न’ भनेको छ। ताइवानको विदेश मन्त्रालयले चीनलाई ‘ताइवानमाथिको दमन रोक्न’ पनि भनेको छ।

चुनावको नतिजाप्रति अमेरिकाले सन्तोष व्यक्त गर्दै बधाई दिएको छ। अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कनले उक्त टापुको ‘मजबुत लोकतान्त्रिक प्रणाली र निर्वाचन प्रक्रिया” को प्रशंसा गरेका छन्। 

उनले वासिङ्टन ‘प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्नका लागि प्रतिबद्ध’ रहेको उल्लेख बताएका छन्। कतिपय विश्लेषकहरूले विपक्षीको प्रभुत्व रहेको संसद् र डीपीपीबाट चुनिएका राष्ट्रपति भएकाले ता बानमा सत्ता सञ्चालन थप जटिल बन्न सक्ने टिप्पणी गरेका छन्।

प्रकाशित: २९ पुस २०८० १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App