फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले पदबाट राजीनामा दिएकी छिन्। अध्यागमन मुद्दामा राजनीतिक तनाव बढ्न थालेपछि उनले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सोमवार उनले पदबाट राजीनामा दिएकी हुन्। उनको राजीनामा फ्रान्सका राष्ट्रपति इम्यालुएल म्याक्रोले स्वीकृत पनि गरिसकेका छन्। उनले यसको जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत् दिएका छन्।
एलिजाबेथको राजीनामा पछि नयाँ प्रधानमन्त्रीमा शिक्षा मन्त्री ग्रैबियल अत्तल र रक्षामन्त्री सेबेस्टियन लेक्रोनुको नाम चर्चामा छ। त्यस्तै अर्थमन्त्री बु्रनो ली मेरे र पूर्व कृषि मन्त्री जुलियन डीनर्मैडीको पनि नाम चर्चामा रहेको बताइएको छ।
नयाँ प्रधानमन्त्री चयन नभएसम्म राष्ट्रपति इम्यानुएलले नै कामकाज हेर्ने छन्।
प्रकाशित: २४ पुस २०८० ०१:१९ मंगलबार