२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन: एक करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र

कुन प्रदेशमा कति मतदाता, कति मतदान केन्द्र ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामेल हुने प्रदेशगत मतदाता विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशैभर एक करोड ८९ लाद तीन हजार ६८९ जना मतदाता छन्।  यस्तै आयोगले १० हजार ९६७ ठाउँमा मतदान स्थल निर्धारण गरेको छ भने, २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन्।

आयोगका अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी ३६ लाख ८२ हजार ३१० मतदाता बागमती प्रदेशमा छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख ३७ हजार २५० मतदाता छन्। बागमती प्रदेशमा पुरुष मतदाता संख्या १८ लाख ५२ हजार ३७८, महिला मतदाता संख्या १८ लाख २९ हजार ९०५ र अन्य मतदाता १४ जना छन्। बागमती प्रदेशमा कुल एक हजार ८१५ मतदान स्थल र ४ हजार ३४१ मतदान केन्द्र तोकिएको छन्। 

कोसी प्रदेशमा कुल मतदाता संख्या ३५ लाख ७४ हजार ३१० रहेको आयोगले जनाएको छ। जसमध्ये महिला मतदाता १७ लाख ४६ हजार ७३ जना, पुरुष मतदाता १८ लाख २८ हजार २१३ र अन्य २४ जना रहेका छन्। यस्तै प्रदेशमा एक हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्र तय भएका छन्।

यस्तै मधेस प्रदेशमा कुल मतदाता ३६ लाख ३६ हजार ४१४ रहेकामा पुरुष १९ लाख ७२ हजार ९६४, महिला मतदाता  १६ लाख ६३ हजार ३७४ र अन्य ७६ जना छन्। मधेस प्रदेशभर दुई हजार १६० मतदान स्थल र चार हजार ४७१ मतदान केन्द्र निर्धारण गरिएका छन्। 

उता गण्डकी प्रदेशमा कुल मतदाता संख्या १८ लाख ७० हजार ६५ छ। त्यसमध्ये ९ लाख १४ हजार ५३५ पुरुष, ९ लाख ५५ हजार ५१६ महिला र १४ जना अन्य मतदाता छन्। यहाँ एक हजार २९७ मतदान स्थलमा दुई हजार ३९६ मतदान केन्द्र तोकिएका छन्। 

यस्तै लुम्बिनी प्रदेशमा कुल मतदाता ३३ लाख ८६ हजार ६८० रहेकामा पुरुष १७ लाख १५  हजार १६३, महिला १६ लाख ७१ हजार ४७९ र ३८ जना अन्य मतदाता छन्। यहाँ एक हजार ६७१ मतदान स्थलमा तीन हजार ९९८ मतदान केन्द्र तोकिएका छन्। 

कर्णाली प्रदेशमा कुल मतदाता १० लाख ३७ हजार २५० रहेकामा पुरुष पाँच लाख २७ हजार ८८६ रहेका छन् भने महिला पाँच लाख नौ हजार ३६१ छन्। यस्तै अन्य मतदाताको संख्या तीन जना रहेको छ। यहाँ ९४१ मतदान स्थलमा एक हजार ४३७ मतदान केन्द्र तोकिएका छन्। 

यस्तै सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेकामा पुरुष आठ लाख ५२ हजार २१९, महिला आठ लाख ६४ हजार ४२३ र अन्य १८ जना मतदाता छन्। 

सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थलमा दुई हजार १९९ मतदान केन्द्र निर्धारण गरिएको छ। 

प्रकाशित: १३ माघ २०८२ १९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App