२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी गाजामा हमासको संरचना नष्ट गरिसक्यौः इजरायली सेना

इजरायलले उत्तरी गाजामा हमासको नियन्त्रणमा रहेको केन्द्रलाई नष्ट पारेको दावी गरेको छ। इजरायली सेनाले उत्तरी गाजा पट्टीमा हमासको कमान्डमा रहेको संरचनालाई नष्ट पार्न सफल भएको बताएको हो।

बीबीसीका अनुसार इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले प्यालेस्टिनी चरमपन्थी अब छिटपुट रूपले र बिना कमान्डरको काम गरिरहेको बताए।

उनले इजरायलले हालसम्म उत्तरी गाजामा ८ हजारभन्दा बढी हमासका लडाकुलाई मारिसकेको पनि बताए।

डेनियल हगारीले इजरायलको ध्यान अब दक्षिणी र मध्य गाजामा  हमासलाई सखाप पार्नमा केन्द्रित रहेको पनि बताए।

गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ३ महिनामा इजरायली आक्रमणमा परी २२ हजारभन्दा बढीको मृत्यु भएको र ५२ हजारभन्दा बढी घाइते भएका छन्। 

पछिल्लो २४ घन्टामा १२० जनाको मृत्यु भएको पनि मन्त्रालले जनाएको छ। युद्धका कारण २३ लाख मानिस विस्थापित भएका छन्।

प्रकाशित: २२ पुस २०८० ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App