२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा बम विस्फोट हुँदा १०३ को मृत्यु, २ सयभन्दा बढी घाइते

इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु भएको छ। अन्य २ सयभन्दा बढी घाइते भएका छन्।

बीबीसीका अनुसार ४ वर्ष अघि हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृति सभामा सहभागि हुन भेला भएका भीडलाई लक्षित गरी बुधवार बम विस्फोट गराइएको हो।

विस्फोट करमनस्थित गोलजार शाहदाईमा रहेको साहिबुल जमान मस्जिद नजिकै भएको बताइएको छ।

इरानको करमन मेडिकल इमरजेन्सी सेन्टरका प्रमुख शहाब सालेहीका अनुसार १० मिनेटको अन्तरमा दुई वटा विस्फोट भएको थियो। उनले विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि बताएका छन्।

सन् २०२० जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा कासिम सुलेमानीको बगदादमा हत्या गरिएको थियो।

प्रकाशित: १९ पुस २०८० ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App