जापानमा भूकम्प पछि सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ। नयाँ वर्षको पहिलो दिनै जापामा ७ दशमलव ६ रेक्टर म्याग्निच्यूडको भूकम्प मापन गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
जापानको भूकम्प मापन केन्द्रले नर्थ सेन्ट्रल जापानमा उक्त भूकम्प गएको बताएको थियो।
हालसम्म भूकम्पले के कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको बताइएको छ।
भूकम्प पछि जापानमा सुनामी आउन सक्ने भन्दै जापान सरकारले चेतावनी जारी गरेको छ।
प्रकाशित: १६ पुस २०८० ०७:५६ सोमबार


-600x400.jpg)


