१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चेक गणराज्यको एक विश्वविद्यालयमा गोली चल्दा १५ को मृत्यु, २४ घाइते

चेक गणराज्यको राजधानी प्रागमा एकजनाले गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ। राजधानी प्रागमा रहेको चार्ल्स विश्वविद्यालयमा एकजनाले अन्धाधुन्द गोली चलाउँदा अन्य २४ जना घाइते भएको प्रहरीले जनाएको छ।  

समाचार संस्था रोयटर्सका अनुसार गोली चलाउने व्यक्ति सोहि विश्वविद्यालयको मानविकी सङ्कायमा अध्ययनरत छात्र हो। प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आक्रमणकारीको उमेर २४ वर्षको थियो।  

चेक गणराज्यका राष्ट्रपति पीटर पावेलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: ६ पुस २०८० ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App