२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामाथि आक्रमण गरेर इजरायल विश्व समर्थन गुमाउँदै छः बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामाथि आक्रमण गरेर इजरायल विश्वको समर्थन गुमाइरहेको प्रतिक्रिया दिएका छन्।

मङ्गलवार आयोजित एक कार्यक्रममा उनले दिएको उक्त प्रतिक्रियालाई अमेरिकाको तर्फबाट इजरायलका लागि हालसम्मकै सबैभन्दा कडा आलोचना रहेको बताइएको छ।

बीबीसीका अनुसार गत ७ अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण सुरु गरेदेखि अमेरिकाले इजरायललाई समर्थन गर्दै आएको थियो। तर, अमेरिकी राष्ट्रपति बाइडनको उक्त प्रतिक्रिया पछि इजरायललाई समस्या हुने देखिएको छ।

अमेरिका सँधै इजरायलसँगै रहने दोहोर्‍याउँदै उनले अमेरिका बाहेक अन्य मुलुकको समर्थन इजरायलले गुमाइरहेको बताए।

उलने भने, ‘इजरायलसँग अमेरिका सँधै रहने छ। तर, अमेरिका बाहेक अन्य मुलुक पनि छ। युरोप पनि छ। तर, गाजामाथि अन्धाधुन्द आक्रमण गरेर इजरायल समर्थन गुमाइरहेको छ। जुन उसको लागि राम्रो भने होइन।’ 

उनले हमासमाथि कारबाही गर्ने विषयमा कुनै प्रश्न नरहेको हुँदा इजरायलमाथि पूर्ण अधिकार रहेको पनि दोहोर्‍याए। 

पछिल्लो समय अमेरिकाले इजरायललाई सल्लाह दिँदै मानव जीवनलाई प्राथमिकता दिन र गाजाका नागरिकलाई सङ्घर्षबाट बच्न पनि भन्दै आएको छ।  

गाजामाथि इजरायली आक्रमण तीव्र बनेको विषयमा संयुक्त राष्ट्र सङ्घ लगायतका निकायले असन्तुष्टि जनाउँदै आएको छ।

प्रकाशित: २७ मंसिर २०८० ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App