१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कतार एयरको जहाज ‘ओभरसुट’

कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो।

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो। ‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीं ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, विमानस्थलका एक उच्च अधिकारीले भने।

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर झन्डै २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ। सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्।

प्रकाशित: १७ आश्विन २०८० ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App