१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महाव्याधिबाट बचाउने वैज्ञानिकलाई नोबेल सम्मान

यो वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड-१९ को खोप निर्माण गर्ने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।

बिबिसीका अनुसार पुरस्कार पाउनेमा हंगेरीकी वैज्ञानिक काटालिन कारिको र अमेरिकी वैज्ञानिक ड्र्यु भाइस्मान रहेका छन्। कोभिड महामारीका बेला मोडर्ना र फाइजर/बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो।

नोबेल पुरस्कार समितिले यी वैज्ञानिकले ‘मानव स्वास्थ्यले सामना गरिरहेको सबैभन्दा ठुलो जोखिमको बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएको’ बताएको छ।

कोभिड-१९ महामारी फैलिनुअघि एमआरएनए प्रविधि प्रयोगात्मक अवस्थामा रहेको थियो तर महामारी फैलिएपछि यी विधिमार्फत कोभिड-१९ खोप निर्माण गरी विश्वभरका करोडौं मानिसलाई दिइएको थियो।  

प्रकाशित: १६ आश्विन २०८० ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App