२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘भारत मणिपुरको साथमा छ’

फाइल तस्वीर

मणिपुरको साम्प्रदायिक हिसांबारे नबोलेको भनेर आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा शान्ति कायम गर्ने प्रयासमा आफ्नो सरकार कटिबद्ध रहेको बताएका छन्। ‘म मणिपुरका जनतालाई समग्र भारत तपाईंहरूसँगै छ भन्न चाहन्छु,’ मंगलबार भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा आयोजित औपचारिक कार्यक्रममाम मोदीले भने।

उनले शान्तिको बाटोबाट मात्र मणिपुरमा दीर्घकालीन समाधान निकाल्न सकिने बताएको बिबिसीले जनाएको छ। गत मे महिनामा मैतेई र कुकी समुदायबीच हिंसाका कारण १ सय ४० जनाको मृत्यु भएको छ भने कैयन विस्थापित भएका छन्। कुकी समुदायका दुई महिलालाई निर्वस्त्र हिँडाएको भाइरल सार्वजनिक भएपछि यसको आलोचना भएको छ।

‘केही समयअघि मणिपुरमा हिसांका कारण केहीले ज्यान गुमाए। हाम्रा आमा तथा दिदीबहिनीसँग अत्याचार भयो। तर पछिल्ला दिनमा त्यहाँबाट शान्तिको समाचार आएको छ,’ उनले भने। राज्य सरकारसँग मिलेर केन्द्र सरकारले यो संकटको समाधान गर्न प्रयासरत रहेको उल्लेख गर्दै उनले भने, ‘मणिपुरमा कुनै घटना हुँदा महाराष्ट्रमा पीडा हुन्छ।’

मणिपुरकै विषयलाई लिएर गत साता विपक्षी दलले प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो। तर प्रस्ताव असफल भएको थियो।

आफ्नो डेढ घण्टा लामो भाषणमा मोदीले प्राकृतिक विपद्, जलवायु परिवर्तन, अर्थतन्त्र, भ्रष्टाचार, परिवारवादलगायत भारतको बढ्दो जनसंख्याका विषयमा बोलेका थिए।

अर्थतन्त्रको हिसाबले विश्वमा पाचौं स्थानमा भारत उक्लेको चर्चा गर्दे उनले अबको पाँच वर्षमा भारतलाई तेस्रो स्थानमा पुर्‍याउने बताएकाछन्। उनले सन् २०४७ मा भारतीय स्वतन्त्रताको सत वार्षिकी मनाउँदा भारत विकसित राष्ट्र भइसक्ने उनले दाबी गरे। ‘भारतको साधनस्रोत, समर्थतता र युवाको ठूलो जनसंख्याको आधारमा म यसो भन्दैछु,’ उनले भने।

प्रकाशित: ३१ श्रावण २०८० ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App