२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइ युवतीले गरिन् लाससँग विवाह

एजेन्सी – भनिन्छ प्रेम त्याग पनि हो । सच्चा प्रेमी प्रेमिकाले आफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छ ।यस्तै एउटा उदाहरणा बनेकी छिन् एक थाइ युवती । नान थिप्हारटन नाम गरेकी उनले हृदयघातका कारण प्रेमीको मृत्यु भएपछि उनको लाससँगै विवाह गरेकी छिन्।

प्रेमीको मृत्यु पश्चात् दाहसंस्कारको क्रममा उपस्थित भएकी उनले दाहसंस्कारकै क्रममा विवाह गरेकी हुन् । उनले आफ्नो बाचा पुरा गर्नका लागि प्रेमीको शवसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् । 

उनले आफ्नो मायाको समर्पणका लागि  यस्तो गरेको बताउँदै भनिन् उनको लाससँग विवाह पश्चात् मेरो मनमा शान्ति छाएको छ । प्रेमी प्रतिको त्यागका लागि यस्तो गरेको बताउने उनी आफ्नो बाँकी जिन्दगी प्रेमीको सम्झनामा एक्लै बिताउने बताउँछिन्। 

प्रकाशित: ७ असार २०७४ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App