१ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

टिचिङमा ट्रान्सजेण्डरको लिंग परिवर्तन शल्यक्रिया स्थगित

त्रिवि शिक्षण अस्पताल । फाइल तस्बिर

त्रिवि शिक्षण अस्पतालले सुरु गरेको ट्रान्सजेण्डरको लिंग परिवर्तन शल्यक्रिया हाललाई स्थगित गरेको छ । अस्पतालको प्लाष्टिक सर्जरी विभागका अनुसार यो शल्यक्रिया गत असोजदेखि स्थगित गरिएको हो । विभागका प्रमुख डा. जयनमान श्रेष्ठको अनुसार अस्पतालमा गत असारमा जनकुपरका एक ट्रान्सजेण्डरको लिंग परिवर्तनको सफल शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रियापछि अन्य ट्रान्सजृण्डरवाट पनि लिंग परिवर्तन शल्यक्रियाको माग आएपनि हालको लागि स्थगित गरेको बताए ।  

नेपालमा पहिलो पटक सुरु गरिएको यो शल्यक्रियाको लागि थप गृहकार्य आवश्यक परेको देखिएपछि केही समयको लागि स्थगित गरेको डा. श्रेष्ठले बताए । यो सेवा सुरु गर्नु अघि अस्पतालले नेपाल मेडिकल काउन्सिलवाट अनुमति लिएर मात्र सुरु गरेको थियो । ‘शल्यक्रियाको व्यवस्थापन तथा अन्य आवश्यक प्रक्रियालाई थप सहज बनाउने गृहकार्यमा लागेका छौ, केही समयपछि पुन सुरु गर्छौ’ उनले भने ।  

विश्वभरी तेस्रो लैगिक समूहले आफ्‌नो लैगिक अधिकारको लागि आवश्यक सवै अधिकार प्राप्त गरेको सन्दर्भमा नेपालमा यो शल्यक्रिया सुरु भएकोले उनीहरुको हकमा यो सेवाले राहत प्रदान गरेको डा. श्रेष्ठको भनाइ छ । नेपालमा सुरु हुनु अघि त तेस्रो लिंगीहरु  शल्यक्रियाको लागि थाइल्याण्ड तथा भारत लगायतका देशहरुमा जान्थे । जुन नेपालको तुलनामा तेब्बर खर्चालु हुने गर्थ्यो ।

 

प्रकाशित: १२ कार्तिक २०८२ १८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App