तिलगंगा आँखा प्रतिष्ठानले बिद्यार्थी र जागिरेलाई बेलुकी सेवा प्रदान गर्ने भएको छ ।
यो समूह दिनमा आएर आँखा जाँच गर्ने समय मिलाउन नसक्ने भएकोले उनीहरुलाई साँझपख सेवा दिने निर्णय गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनीहरुलाई बेलुकी पाँचदेखि सातबजेसम्म बहिरंग सेवा दिइनेछ । सेवा लिन बिहान र दिउँसोको सेवाभन्दा दोब्बर शुल्कः लाग्ने अस्पतालका प्रवन्धक कृष्ण गोपाल श्रैष्ठले जानकारी दिए ।
उनका अनुसार बिहानी सेवामा तीन सय रुपैयाँ, दिवा सेवामा पाँच सय र साँझको सेवामा एक हजार रुपैंया शुल्क लाग्नेछ ।
प्रकाशित: १४ कार्तिक २०८२ १६:३५ शुक्रबार



-600x400.jpg)

