१ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालय सिंहदरबारमा सार्ने तयारी

फाइल तस्बिर : जेन-जी प्रदर्शनमा जलेको स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबार परिसरभित्र सार्ने तयारी सुरु भएको छ। भदौ २४ गतेको जेन-जी आन्दोलनको क्रममा आगलागीबाट रामशाहपथस्थितको भवन ध्वस्त भएपछि हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट मन्त्रालयको काम भइरहेको छ।  

नागरिकसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने, ‘सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको छ। अस्थायी रूपमा प्रिफ्याब भवन बनाइँदै गरिएको छ। नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि खाली भएको जग्गामा ६ वटा प्रिफ्याब भवन बन्न लागेको छ। अब मंसिर लागेपछि उता सर्न सक्छौं।’ 

प्रवक्ता बुढाथोकीले भविष्यमा सिंहदरबारभित्र संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयले स्थायी संरचनाको रूपमा पाउने विषयमा छलफल भएको भएपनि उक्त विषयको टुंगो नलागेको बताए। अस्थायी संरचना मंसिरमा तयार हुने हुँदा मन्त्रालय सिंहदरबारभित्र अस्थायी रूपमा मंसिर महिनामा नै सर्ने सम्भावना रहेको बताए।

प्रकाशित: १४ कार्तिक २०८२ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App