२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

विपन्न घाइतेका लागि ट्रमा सेन्टरलाई महानगरको ८० लाखको इम्प्लान्ट सहयोग

काठमाडौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक्स एण्ड ट्रमा इमपलान्च (स्टील पाता तथा रड) ८० लाख मूल्य बराबरकाे इमप्लान्ट हस्तान्तरण गरेकी हुन्। महानगरकी कार्यवाहक सुनिता डंगोलले सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई उक्त इमपलान्ट/स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्।

याे अस्पतालमा गम्भीर घाइते बनेर आउने बिरामीको शल्यक्रियामा  प्रयोग हुन्छ। अस्पतालमा आउने विपन्न बिरामीले यस्तो सामाग्री किन्न नसकेको कारण उपलब्ध गराएको महानगरकी मेयर डंगोलले बताइन्। उनले भनिन्, ‘स्वास्थ्य सेवामा पहुँच नपुगेको कारण कसैले जीवनको आहुति दिन नपरोस् भन्ने उद्देश्यले सहकार्य गरेका हौं।’

यस्तो सहकार्य आउँदाे वर्षमा पनि निरन्तर हुने डंगोलले प्रतिबद्धता व्यक्त गरिन्।

सोही क्रममा काठमाडौ महानगरका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले महानगरवाट आउने र देशभरका विपन्न नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सामाग्री हसतान्तरण गरेको बताए। विपन्न पहिचान गरी मात्र उपलब्ध गराउने व्यवस्था रहेको बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय ट्र्मा सेन्टरका निर्देशक डा. मरासिनीले प्राप्त सामाग्रीका लागि महानगरप्रति आभार व्यक्त गरे। उनले भने, ‘अस्पतालमा आउने विपन्न विरामीको लागि राहत बनेको छ, सेवामा हामी पारदर्शी हुनेछौ।’

निर्देशक मरानिस्को अनुसार यो अस्पतालमा प्रति वर्ष ७ हजार शल्यक्रिया वटा शल्यक्रिया हुने तीमध्ये ८० प्रतिशतलाई यस्तो इमपलान्ट चाहिन्छ। यी सामाग्री बिरामी आफैले किन्नुपर्ने र आएका मध्ये ३० प्रतिशत आवश्यक उपकरण किन्न नसक्ने खालका हुने ट्रमा सेन्टरका निर्देशक रूद्र प्रसाद मरासिनीले बताए।

‘अस्पतालले वेड र अन्य उपचार निशुल्क दिन्छ तर उपकरण किनेर दिन सक्दैन’ उनले भने। कतिपय अति विपन्न बिरामीका लागि अस्पताल आफैले आवश्यक सहयोग गर्दै आएको उनले जानकारी दिए। शल्यक्रियामा आवश्यक यस्ता इमप्लानको मूल्य १० हजारदेखि १० लाखसम्म मूल्यसम्मका हुन्छन्।

सोही क्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विवेक आचार्यले महानगरले वीर अस्पतालमा क्यान्सरको उपचार त्यसमा पनि महिलाहरूमा हुने क्यान्सरको पहिचान र उपचारमा गर्दै आएको योगदान उल्लेखीय भएको बताए। ‘यस्तो सहकार्य निरन्तर रहोस्’ उनले भने।

प्रकाशित: ९ श्रावण २०८३ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App