११ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य लाभ गरी झलनाथ पत्नी रविलक्ष्मी भोलि काठमाडौं आउने

स्वास्थ्य लाभसहित पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार स्वदेश फर्कँदैछन् । उनी भोलि (सोमबार) नियमित उडानबाट स्वदेश फर्कन लागेको खनालको सचिवालयले जनाएको छ ।  

झण्डै तीन महिनाको उपचारपछि रविलक्ष्मीको स्वास्थ्यमा सुधार आएको छ । बोल्न सक्ने अवस्थामा रहेको र घाउ ठीक हुने क्रममा रहेको सचिवालयले जनाएको छ ।  

खनालको सचिवालयले भन्यो, ‘दिल्लीको उपचारपछि अब घर फर्कंन लागेको हो । अहिले स्वास्थ्यमा धेरै सुधार भएको छ । उहाँ बोल्न सक्नुहुन्छ । अब भोलि नियमित उडानबाट काठमाडौं आइपुग्ने तयारी छ।’

जेन-जी प्रदर्शनका क्रममा भदौ २४ गते खनाल निवास डल्लुमा भएको आगजनीमा परी उनी गम्भीर बनेकी थिइन । प्रदर्शनकारीले लगाएको आगोले रविलक्ष्मीको १५ प्रतिशत शरीर जलेको थियो। आगोको लप्का निल्न पुग्दा श्वास नलीमा भएको मेम्बरेन ड्यामेज भएको थियो ।

कीर्तिपुरको बर्न अस्पतालमा उपचार गरी थप उपचार गर्न उनलाई दिल्लीको अपोलो अस्पताल लगिएको थियो । 

यो पनि पढ्नुहोस्

देशप्रति रविलक्ष्मीको चासो, साउती मार्दै झलनाथसँग सोधिन्: परराष्ट्र मन्त्री को बन्यो ?

प्रकाशित: ६ पुस २०८२ २०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App