२९ असार २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

बिमितलाई सेवा दिन आवद्ध स्वास्थ्य संस्थालाई बिमा बोर्डको आग्रह

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा सेवामा सूचीकृत सवै सेवाप्रदायक अस्पतालहरुलाई सेवा दिन आग्रह गरेको छ ।

बोर्डले २३ अर्ब, ४४ करोड २ लाख ९८  हजार १६ रुपैंया भुक्तानी गरिसकको जानकारी दिँदै बिमितलाई उचित सेवा प्रदान गर्न आग्रह गरेको हो ।

शुक्रबार बोर्डले सूचना जारी गरी अस्पतालहरुलाई बुझाउनु पर्ने सेवा वापतको माग दावी मंसिरसम्मको भुक्तानी गरेको र बाँकी रकम तिर्न पुन: कोष निर्माणका लागि दीगो स्रोत सुनिश्चतताको काम भइरहेको जनाएको छ ।  

बिमा कार्यक्रम अन्तर्गत निर्धारित मापदण्ड बमोजिम गुणस्तरीय सेवा उपलब्ध गराउन सूचनामार्फत आग्रह गरिएको छ ।  

बोर्डले बिमितहरुलाई पनि स्वास्थ्य बिमा सेवाको सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सकलाई बढी परीक्षण वा उपचारको लागि दवाव नदिन पनि अनुरोध गरेको छ ।  

स्वास्थ्य बिमा कार्यक्रमको दीगोपना र प्रभावकारिता कायम राख्न भूमिका निर्वाह गर्न पनि बोर्डले आग्रह गरेको छ ।

प्रकाशित: १९ असार २०८३ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App