१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘क्यान्सरसँंग डराउनुपर्ने अवस्था छैन अहिले’

क्यान्सर रोग निको हुने रोग भन्दै क्यान्सर रोग लागेर निको भएका पूर्व क्यान्सर रोगीहरुले नडराउन सवै विरामीहरुलाई सुझाएका छन्। रोग नलागेसम्म नलाग्न सचेत हुन र लागेपछि नडराइकन आत्मबल बलियो बनाएर उपचारमा संलग्न हुन उनीहरुले सुझाए।

नेपाल क्यान्सर सपोर्ट ग्रुपले भक्तपुरको नगरकोटमा गरेको ३० औ सुदीप्त क्यान्सर सर्भाइबर मिटमा उनीहरुले नेपालमै अन्तर्राष्टियस्तरको क्यान्सर रोगको उपचार रहेकोले पनि डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।  

पहिला क्यान्सरको उपचार छ भन्दो छैन भन्नुपर्नेमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको उनीहरुको भनाई थियो। क्यान्सरको उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमाथि जोड उनीहरुले दिए। त्यसकारण नियमित चेकजाँंच गर्न उनीहरुले सल्लाह दिए।  

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दीलिप भटराइले क्यान्सर हुनै नदिन  जनचेतना अझै व्यापक बनाउनुपर्ने बताए। क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उनले मनोबल उच्च राख्न सवै विरामीलाई सल्लाह दिए।  

नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदीप्त क्यान्सर सर्भाइबर मिटका सयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको अहिले क्यान्सर निको हुने रोग भएको भन्दै नडराउन सवैलाई सुझाइन्। क्यान्सर रोग लागेपनि उपचार गरेर खुशीसाथ जीवन विताउन उनले सुझाइन्। उनले ठीक समयमा नेपालमै उपचार गरेर खुशीसाथ नयाँं जीवन जिउन सवै रोगीहरुलाई सुझाब दिइन्।  

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशांक शर्माले आफूले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ वर्ष भएको अनुभव सुनाए। महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापक रुपमा लैजाने योजना रहेको सुनाए।  

कार्यक्रममा २५ वर्ष भन्दा बढी सयमदेखि क्यान्सरलाई परास्त गरी रोगबाट मुक्त भएका झण्डै तीन दर्जन भन्दा वढी व्यक्तिहरुले क्यान्सर हुनबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनुपर्ने अवस्था नरहेको अनुभव सुनाए। उनीहरुले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा विशेष सचेतना अपनाउन सुझाए। कार्यक्रममा क्यान्सरलाई परास्त गरी स्वस्थ्य जीवन बाँंचिरहेका झण्डै तीन दर्जन व्यक्तिहरुले आआफनो अनुभव सुनाएका थिए

प्रकाशित: ४ असार २०७९ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App