नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी 'नमुना'लाई पार्टीबाट निस्कासन गरिएको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले केसीलाई पार्टीबाट निस्कासन गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको हो।
केसीले बाँकेमा अन्य दलको निर्वाचन चिह्नमा उम्मेदवारी दिएकाले उनलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ माघ २०८२ ११:५९ बुधबार





