७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो।

झापाको भद्रपुर र विर्तामोडमा २–२, बाहृदशी, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको इटहरीमा ४, मोरङको विराटनगरमा २, बुढीगंगामा १, इलामको माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको अरुण, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रबार  ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३७ महिला र २८ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ८ सय ८९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App