८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप तीन सय ८८ जनामा संक्रमण पुष्टि

आज देशभर तीन सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार एक सय ४० जनामा गरिएको नमुना परीक्षणमा तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही अवधिमा एक हजार दुई सय पाँच जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन्। यस्तै बितेको २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमित ११ हजार २८२ जना रहेका छन्। 

प्रकाशित: ९ फाल्गुन २०७८ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App