१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अति विपन्नलाई गाउँपालिकाको स्वास्थ्य बीमा कार्ड

तातोपानी गाउँपालिकाकी लाउरी रोकाया मानसिक समस्या भएकी महिला हुन। रकम अभावका कारण उनको उपचार हुन सकेको छैन।

उपचार अभावका कारण उनी बेवारिसे अवस्थामा छिन। अति विपन्न सुचीमा रहेकी लाउरीको तातोपानी गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ। उनका लागि गाउँपालिकाले ३ हजार पाँच सय रुपैयाँको स्वास्थ्य बीमा गरिदिएको छ । जसले सामान्य भएपनि स्वास्थ्य चेकजाँच र उपचार गराउने अवस्था सिर्जना भएको छ।  

लाउरीलार्ई सड्कमा वेवारिसे अवस्था भेटाएपछि नेपाल पत्रकार महासंघका जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले स्थानीय प्रशासन र प्रहरीलाई खबर अस्पतालमा उपचार गर्न लगाएकी थिइन।    प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले आफ्नो गाडीमा अस्पताल पुरयाएर उपचार  गराएकी थिइन।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेकी अतिविपन्न लाउरीको अब गाँउपालिकाले बीमा गरेपछि निशुल्क उपचार हुनेछ।

पहिलो पटक गाउँपालिकाले अतिविपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिएपछि स्थानीय चैती बुढा निकै खुसी छिन्। अस्पतालमा उपचार गर्न जाँदा स्वास्थ्यबीमा कार्ड खोज्छ। उनले भनिन्‘रकम अभावका कारण बीमा गर्न सकिएको थिएन। कैयन पटक औषधि किन्न नसक्दा घर बिरामी लुकाएर बसिन्थ्यो ।अब गाउँपालिकाले दिएको स्वास्थ्य बीमा कार्ड लिएर अस्पताल गइन्छ। औषधि उपचार सेवा लिइन्छ।’

लाउरी र चैती उदाहरण मात्र हुन्। उनी जस्ता अति विपन्न नागरिकको सुचीमा रहेका सयौँ जनाको गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ। तातोपानी गाउँपालिकाले जनता संग अध्यक्ष कार्यक्रमको १० लाख रुपैयाँले विपन्न नागरिकको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा गरेको बीमा कार्ड हातमा परेपछि स्थानीय दंग छन्।  

गाउँपालिका अध्यक्ष नवराज न्यौपानले पालिका भित्रका अतिविपन्न नागरिकको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएको बताए। उनले भने,‘यहाँका कैयन विपन्न नागरिकले स्वास्थ्य बीमा गरेका छैनन। जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो। अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन्। बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्धत मिल्नेछ। ’

प्रत्येक वडामा गएर स्वास्थ्य बीमा कार्ड बाड्ने तातोपानी गाउँपालिकाको तयारी छ । स्वास्थ्य बीमा कार्ड वितरण कार्य वडा नम्वर ३ बाट प्रारम्भ भएको हो।  वडा नम्बर ३ का ५० जनालाई गाउँपालिकामा बोलाएर बीमा कार्ड उपलब्ध गराइसकेको छ। वडा नम्बर ३ का अभिकर्ता रेवति रावल अतिविपन्नलाई तीनहजार पाँच सय र विपन्नलाई दुई हजार रुपैयाँ स्वास्थ्य बीमाको लागि सहयोग गरेको बताउँछिन।  

गाउँपालिकाले थालेको यो कार्य प्रति स्थानीय उत्साहित छन्। उनले भनिन्,‘स्वास्थ्य बीमा स्वास्थ्य उपचारमा निकै प्रभावकारी ल्याउने देखिन्छ। रोग पालेर बसेका नागरिकका लागि निकै राम्रो छ। ’ प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले तातोपानी गाउँपालिकामा जनतासँग अध्यक्ष कार्यक्रम अन्तरगत  १० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। यो कार्यले स्थानीय सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि कति संवेदनशिल छ भन्ने प्रमाणित भएको स्थानीय बताउँछन्।  

गाउँपालिका अध्यक्ष नवराज न्यौपाने विपन्न र अतिविन्न नागरिक छनौटका लागि वडाध्यक्ष र सचिवलाई निर्देशन गरिएको छ। अति विपन्नलाई स्वास्थ्य बीमामा लाग्ने सबै रकम बेहोर्छौ,अध्यक्ष न्यौपानेले भने,‘१५ सय रुपैयाँ बेहोर्न सक्ने नागरिकका लागि दुई हजार रुपैयाँ सहयोग गर्छौँ। जसले स्वास्थ्यबीमा प्रति उनीहरुको पनि अपनत्व हुन्छ।

प्रकाशित: ३ फाल्गुन २०७८ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App